काठमाडौं । काठमाडौं महानगरपालिका–२६, सामाखुसीबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा मेची नगरपालिका–१० घर भई सामाखुसी टाउनप्लानिङ नजिक बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी रहेका छन्। बुधबार साँझ प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर शरण विक्रम शाहको नेतृत्वमा गएको टोलीले उनको डेरा खानतलासी गर्दा १०९.२२ ग्राम खैरो हेरोइन बरामद गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार राजवंशीको साथबाट ९ थान मोबाइल, ८२ हजार रुपैयाँ नगद, ६ हजार भारतीय रुपैयाँ र लागुऔषध तौल गर्न प्रयोग गरिएको डिजिटल तराजु समेत बरामद गरिएको छ।

आरोपीबारे आवश्यक अनुसन्धान प्रहरी वृत्त महाराजगञ्जमार्फत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय