
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको छ। अन्तरमन्त्रालय सरुवासँगै विभिन्न निकायका प्रमुखहरूको जिम्मेवारी फेरिएको छ।
सरुवाअनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश ढकाललाई गण्डकी प्रदेशमा र भक्तपुरका सिडिओ भरतमणि पाण्डेलाई अर्थ मन्त्रालयमा पठाइएको छ।

त्यस्तै, कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण भट्टराई र आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कुमार दाहालको पनि अन्यत्र सरुवा भएको छ।
गृह मन्त्रालयमा सिडिओका रूपमा जिम्मेवारी सम्हाल्न शिवलाल तिवारी, बिनु बज्राचार्य कुवँर, नमराज घिमिरे, सृजना थपलियालगायतको नाम समावेश गरिएको छ।



