धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–८ मुगास्थित प्रहरी चौकी स्थापनाका लागि समन्तभद्र थापा र उनकी धर्मपत्नी रस्मी थापाले ४ रोपनी जग्गा प्रदान गर्नुभएको छ।

अमेरिकामा बसोबास गर्दै आएका थापा दम्पतीले उक्त जग्गाको प्रमाणपूर्जा धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो। मालपोत कार्यालय धनकुटामा दर्ता कायम रहेको जग्गा कित्ताकाट गरी प्रहरीलाई उपलब्ध गराइएको हो।

जग्गा प्राप्त भएसँगै जिल्ला सुरक्षा समितिबाट निर्णय गरी चौकी स्थापनाको प्रस्ताव प्रदेश प्रहरी कार्यालयमा पठाइने प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको स्वीकृतिपछि चौकी स्थापना हुनेछ।

प्रस्तावित चौकी स्थल धनकुटा र भोजपुरको सीमावर्ती क्षेत्रमा पर्छ। चौकी स्थापना भएपछि चोरी, झैझगडा, घरेलु हिंसा, अवैध कारोबार, सानातिना मुद्दा तथा प्रकोपका घटनामा तत्काल हस्तक्षेप गर्न सहज हुने प्रहरी उपरीक्षक थापाले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय