
काठमाडौँ — काठमाडौँ महानगरपालिका–१५ डल्लुबाट प्रहरीले लागुऔषध ट्रामाडोल ३४३ क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ डल्लु घर भएका २६ वर्षीय रसिल जोशी र गोरखा आरुघाट गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ चागल बस्ने २० वर्षीय असिम बुढाथोकी रहेका छन्।

उनीहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको स्वयम्भू प्रहरीले जनाएको छ।



