काठमाडौँ — लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित दुई युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला विन्दवासिनी–५ निवासी २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका १८ वर्षीय नर्बु शेर्पा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोलसहित नगद ६० हजार रुपैयाँ पनि बरामद गरिएको छ।

बुधबार मध्यरात करिब १ बजेतिर बागमती प्रदेश–०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरमार्फत काठमाडौंतर्फ जाँदै गर्दा नागढुङ्गा पिप्लामोड नाकामा चेकजाँचका क्रममा उक्त लागुऔषध र नगद बरामद गरिएको हो।

उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय