मोरङ, साउन १०।मोरङको रंगेली नगरपालिका–९ स्थित इटाभट्टा टोलमा रहेको खानेपानी आयोजनाको ट्रान्सफर्मर नजिकै चोरीमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन्।

दुई वटा मोटरसाइकलमा आएका चार जनामध्ये एक जनालाई प्रहरी नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका व्यक्तिसँग प्रहरीले हेक्सो ब्लेड, सलाई रिन्च, गल्व्स, प्लास, ह्यामर लगायतका औजार बरामद गरेको छ। साथै, चोरीमा प्रयोग गरिएको आशंकामा प्रदेश १–०२–०५० प ७९०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामाग्री चोरी वा तोडफोडका लागि प्रयोग गरिएको हुन सक्ने आशंका गरिएको छ। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय