
रुकुम पूर्व — जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले विशेष सम्मान प्रदान गरेको छ।
संगठनद्वारा दिइएको जिम्मेवारीप्रति इमान्दारी, बफादारी र कर्तव्यनिष्ठा साथ निर्वाह गरेका डीएसपी यादवलाई अपराध अनुसन्धान, शान्ति सुरक्षाको सुदृढीकरण, तस्करी नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रममार्फत नागरिकमा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार व्यवस्थापकीय कार्यसञ्चालनमा समेत डीएसपी यादवको कार्यशैली प्रेरणादायी रहँदै आएको छ।



