
काठमाण्डौं—नेपाल प्रहरी श्रीमती संघद्वारा रिक्त रहेको कार्यसमितिको सदस्य पदमा अधिवक्ता राधिका खतिवडालाई नियुक्त गरिएको छ। संघकी समादरणीय अध्यक्ष श्रीमती रुपा थापाले खतिवडालाई फूलमाला लगाई नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा संघका अध्यक्ष श्रीमती रुपा थापा, महासचिव श्रीमती अनुश्री पाख्रिन, सचिव (प्रशासन) श्रीमती रुचि शर्मा, कोषाध्यक्ष श्रीमती संगिता लम्साल, सह-कोषाध्यक्ष श्रीमती राधिका ज्ञवाली, सह-सचिव (कार्यक्रम) श्रीमती मञ्जु शर्मा, कार्यसमितिका सदस्यहरू श्रीमती मुना रेग्मी, श्रीमती कल्पना काफ्ले, श्रीमती अरिना राई, साथै वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।




