काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाइएको छ।

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाउने निर्णय गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी व्यवस्था पटक–पटक उल्लंघन गरेको, बारम्बार अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा उनीमाथि विभागीय कारबाही गरिएको हो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराइएको छ।

मन्त्रालयले दाहाललाई सेवाबाट हटाउने निर्णय असोज २३ गतेदेखि लागू हुनेसमेत स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय