डडेल्धुरा — डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्लाको नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा आज बिहान से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल जंगलमा खस्दा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घटनास्थलमै नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको छ।

यस दुर्घटनामा १८ वर्षीया सुशिला विक, ४ वर्षीय प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउदसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये सुशिला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय