काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) पूर्ण लाल श्रेष्ठलाई साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गरिएको छ।

श्रेष्ठलाई उत्कृष्ट प्रहरीको रूपमा सम्मानित गर्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले प्रशंसा पत्र प्रदान गरेका हुन्।

साउन महिनाभर आन्तरिक सुरक्षा, सेवाप्रवाहमा देखाएको सक्रियता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र अनुशासनका आधारमा श्रेष्ठलाई उत्कृष्ट प्रहरीको रुपमा छनोट गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय