काठमाडौँ । सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा कार पुरस्कार पाएका छन् ।

अलराउन्डर उनले टिमलाई फाइनलसम्म पुर्याउने क्रममा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । फाइनलमा उनी महँगा सावित हुँदै ४० रन खर्चेर १ विकेट लिएका थिए भने ७ बलमा ९ रन बनाएका थिए । त्यस्तै एक खेलाडीलाई रनआउट गरेका थिए ।

नेपाली खेलाडीहरुमा सर्वोत्कृष्ट खेलाडी बन्दै उनले कार पाएका हुन् । नेपाल क्रिकेट संघ क्यानले सर्वोत्कृष्ट एक नेपाली खेलाडीलाई कार दिने घोषणा गरेको थियो । सो अनुसार नेपाली सर्वोत्कृष्ट खेलाडी बन्दै ओमोडाको ईभी कार प्राप्त गरेका हुन् ।

प्रतियोगितामा दिपेन्द्रले २ सय २७ रन बनाउनुका साथै ९ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा शनिबार आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।

जसअनुसार प्लेयर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोएल्सका शैफ जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्रात गरे ।

एनपीएलका सर्वोत्कृष्ट बलर जनकपुर बाेल्ट्सका ललित राजबंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उनले १७ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय