काठमाण्डौं।  ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।

काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो । बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो । बैंकले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौं, उक्त कार्यक्रममा पोखरेलले भन्नुभयो । शाहले रोयल्सको एनपिएल यात्रामा सहकार्य गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंक जोडिनुभएकोमा बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो । हाम्रो उपाधि जित्ने लक्ष्यमा ग्लोबल आइएमई बैंकको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौं, शाहले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय