बाग्लुङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ। एक जनाको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ।

काप्रा–बोहरागाउँ–छापाखानी–प्यूठान सडकखण्ड स्तरोन्नतिको काम भइरहेका बेला आज बिहान करिब ७ः३० बजे अचानक माटोको ढिस्को खसेको थियो। ढिस्कोमा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी, उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापा र रोल्पाका कृष्ण घर्ती मगर पुरिएका थिए।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार लालबहादुर र राजुको उद्धार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो।

घाइते कृष्णलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिए।

चालक भद्र मल्लले चलाएको लु १ क ३४४६ नम्बरको जेसिबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला माथिबाट अचानक माटोको ढिस्को खसेपछि मजदुरहरू पुरिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय