काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई संसद्मा समस्या औँल्याउनेसँगै त्यसको समाधान र देश विकासका लागि नयाँ तथा व्यवहारिक योजना प्रस्तुत गर्न आग्रह गरेका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा चलेको छलफलमा १७ जना सांसद सहभागी भएका थिए। छलफलका क्रममा बाढी–पहिरोको अवस्था, औद्योगिकीकरण, कानुनी सुधार, विद्युत् खपत विस्तारलगायत विभिन्न विकाससम्बन्धी विषयमा सांसदहरूबाट सुझाव लिइएको थियो।

प्रधानमन्त्री शाहले इन्जिनियर सांसदहरूलाई सिर्जनात्मक र प्राविधिक सोचका दृष्टिले ‘एक्स्ट्रा अर्डिनरी’ भन्दै देशको औद्योगिक विकासका लागि नयाँ अवधारणा र कार्यान्वयनयोग्य योजना अघि सार्न आग्रह गरे। उपयोगी र व्यवहारिक प्रस्ताव आए प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष समन्वय तथा सहजीकरण गर्न सकिने उनको भनाइ थियो।

छलफलमा विकास आयोजनालाई सहज बनाउन आवश्यक कानुनी सुधार, वनसम्बन्धी ऐन, विद्युत्को आन्तरिक खपत बढाउने उपाय तथा रासायनिक मल कारखाना स्थापनालगायत विषयमा समेत छलफल भएको रास्वपा सांसद डा. राम लामाले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री शाहले रासायनिक मल कारखाना स्थापनाका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने तयारी रहेको बताएका थिए। साथै विद्युत् खपत बढाउने प्रकृतिका आयोजनालाई आवश्यक सहुलियत उपलब्ध गराउने विषयमा पनि प्रधानमन्त्रीले जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय