बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनामा एक जना अझै बेपत्ता छन् ।

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोकाको मृत्यु भएको हो । घटनामा पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।

लगातारको वर्षापछि जिल्लाका विभिन्न क्षेत्रमा आएको विपद्मा मानवीय क्षतिसँगै जनजीवन प्रभावित भएको छ । शनिबार ताराखोलामा एक जनाको मृत्यु भएको थियो भने आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो । सोही घटनामा एक जना बेपत्ता छन् ।

त्यस्तै, निसीखोला गाउँपालिकामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्ला घटनासहित बागलुङमा बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १२ पुगेको हो । स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय