
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार तान्जानिया प्रस्थान गरेका छन्।
असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने आईपीयूको महासभामा सहभागी हुन सभामुख अर्याल कतार एयरवेजको क्यूआर ६४५ उडानमार्फत दोहा हुँदै तान्जानिया प्रस्थान गरेका हुन्। उनी आइतबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका थिए।

सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी श्रीमती अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महतो तथा राष्ट्रियसभा सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी छन्।
महासभामा विभिन्न मुलुकका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ।





