विराटनगर । सेवाग्राहीप्रति थप प्रभावकारी, पारदर्शी तथा उत्तरदायी सेवा प्रवाह गर्ने उद्देश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले जिल्ला प्रहरी कार्यालय, मोरङलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण गरेको छ।

सेवासम्बन्धी फोन संवादलाई व्यवस्थित र अभिलेखयोग्य बनाउँदै सेवा प्रवाहमा पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो।

उपकरणको प्रयोगबाट सेवाग्राहीसँग हुने फोन संवादलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न तथा आवश्यक परेको अवस्थामा संवादको अभिलेख सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कल रेकर्डिङ उपकरणको प्रयोगसँगै जिल्ला प्रहरी कार्यालय, मोरङको सेवा प्रवाहमा सहजता, समन्वय र प्रभावकारिता थप अभिवृद्धि हुने विश्वास गरिएको छ।

नोबेल मेडिकल कलेजले प्रहरीको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने उद्देश्यले उपकरण उपलब्ध गराएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय