वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनले आश्रममा आश्रित आमाबुबाका लागि खाद्यान्न तथा भोजन सेवासमेत सहयोग गरेका छन्।

एसपी भट्टराईले आश्रमको उद्धार, संरक्षण तथा मानवसेवाका गतिविधिबारे जानकारी लिनुका साथै आश्रितहरूको अवस्थाबारे समेत जानकारी लिएका थिए।

सो अवसरमा नेपाल प्रहरीले आश्रमका विभिन्न शाखामा २४सै घण्टा एक जना सादा पोशाकका प्रहरी कर्मचारी परिचालन गरी सुरक्षा तथा आवश्यक समन्वयमा सहयोग गर्दै आएको जानकारी गराइएको थियो।

एसपी भट्टराईले आगामी दिनमा नेपाल प्रहरी तथा व्यक्तिगत तर्फबाट समेत आश्रमलाई आवश्यक सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले मानवसेवा अभियानलाई प्रभावकारी बनाउन राज्यका निकाय, सुरक्षा निकाय र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा मानवसेवा आश्रम पर्साका संरक्षक तथा मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, मानवसेवा आश्रम वीरगञ्ज अभिभावक परिवारका संयोजक एवं वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय