
गुल्मी । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका गुल्मी जिल्ला सभापति भोजराज पाण्डेको भूमिका उल्लेखनीय देखिएको छ। पार्टीको चुनावी अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउँदै उनले जिल्लाभर संगठन परिचालनमा सक्रिय नेतृत्व गरेका थिए।
पार्टी स्रोतका अनुसार पाण्डेले आफ्ना सहकर्मी तथा पूर्व डिएसपी एवं अधिवक्ता गोविन्द पन्थी लाई गुल्मी क्षेत्र नम्बर–२ मा विजय दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, क्षेत्र नम्बर–१ मा पार्टीका उम्मेदवार सागर ढकाल लाई पनि अत्यधिक बहुमतले जिताउन उनले सक्रिय रूपमा चुनावी अभियानको नेतृत्व गरेका थिए।

पूर्व डिएसपी तथा अधिवक्ता समेत रहेका पाण्डेले चुनावी अभियानका क्रममा दिनरात खटेर जिल्लाभर निर्वाचन परिचालन गतिविधिको समन्वय गरेका थिए। स्थानीय नेताहरूका अनुसार उनले दुवै क्षेत्रमा संगठनलाई सक्रिय बनाउँदै उम्मेदवारहरूलाई विजय दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामध्ये दुवै निर्वाचन क्षेत्र जिताउन सफल एकमात्र जिल्ला गुल्मी जिल्ला बनेको छ। यस सफलतामा जिल्ला सभापति पाण्डेको समन्वयात्मक नेतृत्व महत्वपूर्ण रहेको पार्टी स्रोतहरूको भनाइ छ।
पोहोर साल भदौमा सेवा निवृत भए पश्चात कार्तिक देखि पार्टीको जिल्ला सभापति भएका पाण्डे पार्टीभित्र मिलनसार, अध्ययनशील र बौद्धिक व्यक्तित्वका रूपमा चिनिएका छन र छिटो निर्णय लिन सक्ने नेतृत्वका रूपमा पनि परिचित छन्। निर्वाचनका क्रममा उनले पार्टीका पदाधिकारी, कार्यकर्ता र समर्थकहरूबीच प्रभावकारी समन्वय गर्दै दुवै क्षेत्रमा उम्मेदवारहरूलाई विजय गराउन महत्वपूर्ण भूमिका खेलेको स्थानीय नेताहरू बताउँछन्।
पार्टीभित्रको एकता, सक्रिय परिचालन र समन्वयात्मक नेतृत्वका कारण गुल्मीमा पार्टीले उल्लेखनीय सफलता हासिल गर्न सकेको उनीहरूको भनाइ छ।

Screenshot

Screenshot



