काठमाडौं । निर्वाचन प्रहरीका लागि पोसाक खरिदमा अनियमितताको प्रश्न उठेपछि संसद्को सार्वजनिक लेखा समितिले ९ सदस्यीय अध्ययन समिति गठन गरेको छ।

शुक्रबार बसेको समितिको बैठकले रास्वपाका सांसद मनिष झाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।

समितिले पोसाक खरिदसँग सम्बन्धित कागजात, प्रतिवेदन तथा उठेका प्रश्नहरूको अध्ययन गरी दुई महिनाभित्र लेखा समितिमा प्रतिवेदन बुझाउनेछ।

बैठकमा केही सांसदले खरिद प्रक्रियामा उठेका प्रश्नबारे तत्काल छानबिन गर्नुपर्ने धारणा राखेका थिए भने केहीले निष्कर्षमा पुग्नुअघि सम्बन्धित कागजात र तथ्यको अध्ययन आवश्यक रहेको बताएका थिए।

सांसदहरूबीच सहमति जुटेपछि तत्काल ‘छानबिन समिति’को सट्टा अध्ययन समिति गठन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय