काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कि को शब्द रहेको देशभक्तिपूर्ण गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक गरिएको छ । राष्ट्रप्रेम, सकारात्मक सोच र समृद्ध नेपालको भाव बोकेको उक्त गीत नेपाल प्रहरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा चर्चित संगीतकार  दीपक शर्मा को संगीत रहेको छ । गीतमा गायिका  (सदीक्षा कट्टेल) तथा गायकहरू Samir Kharal (समिर खरेल), (बेनिसा पौडेल) र Sabin Subedi (सबिन सुवेदी) ले स्वर दिएका छन् ।

गीतलाई संगीत संयोजन (एरेन्ज) Udayraj Poudel (उदयराज पौडेल) ले गरेका हुन् भने भिडियो निर्देशन Kiran Thapa (किरण थापा) ले गरेका छन् । भिडियोमा राष्ट्र निर्माण, सामाजिक एकता, युवाको ऊर्जा र देशप्रतिको जिम्मेवारीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउने क्रम जारी रहेको छ । धेरैले गीतलाई प्रेरणादायी, सन्देशमूलक र देशभक्तिको भावना जगाउने खालको भन्दै प्रशंसा गरेका छन् ।

नेपाल प्रहरीका अनुसार गीतमार्फत नागरिकमा आशा, आत्मविश्वास र देश निर्माणप्रतिको सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ ।

भिडियो ः-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय