काठमाडौँ — इन्टरपोल ले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध तत्काल रेड नोटिस जारी गर्न नसकिने जनाएको छ।

इन्टरपोलले पठाएको जवाफमा देउवा दम्पतीविरुद्ध उल्लेखित कसुर पर्याप्त रूपमा पुष्टि नभएको र एकैपटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाइएको अवस्थाले रेड नोटिस जारी गर्न आवश्यक सर्तहरू नपुगेको उल्लेख गरिएको छ।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को अनुरोधमा काठमाडौं जिल्ला अदालत ले २०८२ चैत २४ गते देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि विभागले अनुसन्धानसम्बन्धी विवरणसहित रेड नोटिस जारी प्रक्रियाका लागि प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो।

देउवा दम्पती हाल हङकङ मा रहेको बताइए पनि यसबारे सरकार वा परिवारबाट औपचारिक पुष्टि भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय