काठमाडौं निन्छ नि,‘झुठ टिक्दैन, सत्य डग्दैन।काठमाडौं जिल्ला अदालतको गत जेठ २९ गतेको आदेशले सो भनाइलाईप्रमाणित गरेको सयौंको बिचल्ली बनाएको राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले आफैंले दायर गरेको मुद्दामा लज्जास्पद हार व्यहोरेको

पुतलीसडकमा रहेको सिन्सियरले धेरै बचतकर्ताको उठीबास लगाएको विषयमा खप्तडटिभी डटकमले श्रृंखलाबद्ध समाचारप्रकाशित गरेको थियो पीडितसँग भेटेरै प्रमाणसहित विभिन्न मितिमा समाचार छापिएको थियो त्यसविरुद्ध सिन्सियरले अर्थात खप्तडटिभीडटकमको सम्पादक गणेश विकविरुद्ध हमला पनि गरेको थियो

म्यासेज पठाएर धम्काउने काम पनि भयो प्रेस काउन्सिल, नेपालमा पनि पुगे तर, खण्डन छाप्न तयार नभएकोमसहितविरुद्ध सिन्सियरका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ कार्यकारी सञ्चालक राजेश खड्काले काठमाडौंजिल्ला अदालतमा ७७ करोड रुपैयाँ बिगो मागदाबी गर्दै गालीबेईज्जतीको मुद्दा दायर गरे

११ पटक पेशी चढेको सो मुद्दामा न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले दाबी नपुग्ने आदेश गरेको सो आदेशलेपीडितलाई राहत पुगेको भने एकपटक पुनः सत्यको जीत भएको   विकतर्फबाट अधिवक्ता जनक साउदले बहस गरेकाथिए।

यस्तो घटनाक्रम

२०५७ मंसिर २९ गते दर्ता भएको सिन्सियरको स्थापनाकालदेखि नै राजेन्द्रभक्त राजेश छन् यता, कर्जा विभागकीअधिकृत मीरा कर्माचार्य पनि त्यहाँ कार्यरत भएको लामो समय भइसक्यो यी तीनकै मिलीभगतमा हजारौंलाईघर घाटको बनाइएको सिन्सियरबाट ऋण खाने कोही पनि उमो लागेका छैनन् धेरै परिवार सिन्सियर सेभिङ एण्ड क्रेडिट कोपअरेटिभ लिमिटेडको कारण आफ्नो बास छोडेर भूमिगत हुन बाध्य भए

सिन्सियरले दिएको तनावका कारण धेरै मानसिक रोगी पनि भए सिन्सियरले उनीहरुलाई रुँदै हिँड्नुपर्ने बनाएको थियो कालोधन लुकाउने थलो बनेको सिन्सियरले मीटरब्याजमा लगानी गर्दै आएकाे थिए तीन किस्ता नतिर्ने बित्तिकै ऋणीकोधितो खाइदिन्थ्यो

ऋण दिँदा घुस लिन्थ्यो ऋण लिँदा तिर्दा नै सेवाशुल्क तिर्नुपर्थ्यो ऋणीको सम्पत्ति खाने सुकुम्बासी बनाउने उद्देश्यलेस्थापना भएको सिन्सियरबाट पीडित बनेकाहरुसँग खप्तडटिभीले भेट्याे

डिप्रेशनको औषधी खाइरहेका उनले सिन्सियरले दिएको पीडाबारे बेलिविस्तार लगाए त्यसपछि खप्तडटिभीले समाचारप्रकाशित गर्याे

सिन्सियरबाट मलाई धम्क्याउने काम भयाे तर, मेराे टिम ढग्मगाएनौं, हाम्रो कलम रोकिएन थप पीडित खोजेर लेख्दैगर्यौं हामीले सिन्सियरकै कार्यालयमा पुगेर राजेशसँग कुराकानी गर्यौं उनले हामीलाई चिप्ला कुरा गरेर फकाउन खोजे उनकाे पक्षमा समाचार लेखि दियाे भने पैसा दिने कुरा समेत गरे

यद्यपि, हामी उनका ती मिठा कुरामा आउनेवाला थिएनौं खप्तडटिभीले सर्वप्रथम २०७९ माघ १९ गतेआफ्नो बेइमानी छोप्नअनेक गर्दै सिन्सियर, सञ्चालक कागभन्दा बाठाशीर्षकमा समाचार प्रकाशित गरेको थियो त्यसपछिसिन्सियरबाटकोको भए तहसनहसलगायतका शीर्षक पनि समाचार हालेका थियौं राजेशलेमलाई म्यासेज गरेर समाचार हटाउनु नत्रराम्रो नहुनेभन्दै धम्कीसहितको चेतावनी दिएका थिए उनको धम्कीका बाबजूद खप्तडटिभीले सदैव पीडितका लागि कलम चलायो

सिन्सियरमै बसेर करोडौंको सम्पत्ति

राजेन्द्रभक्त इन्द्रचोकको निवासी हुन् यहीको स्थायी बासिन्दा भएपनि सिन्सियरमा आउनुअघि उनीसंग जायजेथोको नाममात्यस्तो केही पनि थिएन् पैदल हिँडेर आउने उनी अहिले महाराजगञ्जमा करोडौं मूल्य पर्ने महलमा बस्छन् मँहगामँहगा गाडी चढ्छन् उनले सिन्सियरमै बसेर धेरै ठाँउमा जग्गा जोडेका छन्

उनको सम्पत्ति खोज्ने हो भने अर्बको हाराहारीमा होला यता, राजेश कँलकीका स्थायी बासिन्दा हुन् उनी पनि हुनेखानेपरिवारमा जन्मिएका होइनन् कंलकीबाट पुतलीसडक कहिले हिँडेर कहिले साइकलमा आउने उनी मँहगो गाडी चढ्छन् करोडौं मूल्य पर्ने घरमा बस्छन् एउटा कार्यकारी सञ्चालक भएर उनले जोड्नुसम्म सम्पत्ति जोडेका छन् उनको जग्गामा उत्तिकै लगानी

अन्य क्षेत्रमा पनि लगानी गरेका छन् हाल उनको सम्पत्ति ४० देखि ५० करोड २३ वर्षको अवधिमा यत्रो सम्पत्तिकमाउनुपछाडिको रहस्य छरपष्ट भइसकेको

सिन्सियरकी अर्की घुसमा लुप्त भएकी कर्मचारी हुन्, मीरा १५ वर्षअघि संस्थामा आएकी उनी राजेन्द्रभक्तकी नातेदार हुन् आफ्नो ठगीधन्दामा पर्दा हाल्नकै लागि उनले मीरालाई त्यहाँ ल्याएका हुन्

उनले त्यहाँ आएर अरुलाई उठीबास लगाउन सिकिन्, अरुको सम्पत्तिमा रजाइँ गर्न सिकिन् ढल्कु बस्ने मीराको करोडौंकोसम्पत्ति एउटा कर्जा अधिकृतको मासिक तलब कति हुन्छ ? त्यो सबैलाई थाहा नै

सिन्सियरका तीन नाइकेले अरुलाई ठगेर सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग अख्तियार दुरुपयोगअनुसन्धान आयोगमा बारम्बार उजुरी परेको

सिन्सियरविरुद्ध पहिलोपटक २०७९ चैत गते अख्तियार सम्पत्ति शुद्धिकरणमा उजुरी परेको अख्तियारमा दर्ता भएकोउजुरीको दर्ता नम्बर सी०४८८०९ रहेको

त्यसैगरी, सोही दिन सम्पत्ति शुद्धिकरणमा पनि उजुरी परेको देखिन्छ उजुरीको दर्ता नम्बर ४४५५ रहेको

उजुरीमा सिन्सियरको ठगीधन्दाको नालीबेली उल्लेख गरिएको विसं २०५७ मंसिर २९ गते दर्ता भएको उक्त संस्थालेकसरी ऋणीको सर्वस्व सकायो ? उजुरीकर्ताले उजुरीमा खुलाएका छन् अर्काको उठीबास लगाएर संस्थाका अध्यक्षराजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी निर्देशक राजेश खड्का कर्जा अधिकृत मीरा कर्माचार्यले सम्पत्ति जोडेकोबारे पनि बेलिविस्तारलगाइएको

चार पृष्ठ लामो सो उजुरीमार्फत उजुरीकर्ताले उनीहरुले गलत रुपमा कमाएको सम्पत्तिमाथि छानबिन गर्न जोडतोडका साथमाग गरेका छन्

राजनीतिक दल गुण्डागर्दीको आडमा सिन्सियरले ठगीधन्दा चलाएको उजुरीकर्ताको जिकिर उजुरीमा भनिएको ,‘राजनीतिक दल गुण्डाको आडमा ठगीधन्दा चलाएर, हजारौंको उठीबास लगाएर जोडेको सम्पत्तिमाथि छानबिन गर्न भनिअख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गर्दछु गलत तरिकाले कमाएको सम्पत्ति छानबिन गरी निजहरुलाईकानुनको दायरामा ल्याउन अनुरोध गर्दछु

सो उजुरीमा सम्पत्ति शुद्धिकरणलाई बोधार्थ दिइएको उजुरीकर्ताका अनुसार सिन्सियरले विशेषतः ट्याक्सी चालकलाईकर्जा दिने गरेको घरजग्गा, सेयर, निजी गाडीमा पनि सिन्सियरको कर्जा लगानी रहेको कति चालक नपढेका, कतिसाधारण पढलेख भएकाले ठग्न सजिलो हुने भएकाले उनीहरुलाई कर्जा दिइने उजुरीकर्ताको जिकिर १५ लाखकोट्याक्सी राखेर १० लाख कर्जा दिँदा २५ हजार घुस २० हजार रुपैयाँ सेवाशुल्क लिइने मासिक ब्याज पनि १५२०प्रतिशतले असुल्ने उजुरीपत्रमा उल्लेख

एक करोडको घरजग्गा राखेर ६० लाख कर्जा दिँदा १० लाख घुस खाइदिने पनि भनिएको तीन किस्ता नतिर्नेबित्तिकै धितोखाइदिने मासिक तिरेको किस्ता बचत खातामा लगेर हालिदिने पनि उजुरीकर्ताले बताएका छन् कर्जा दिने बेला खालीनेपाली कागज फोटोकपीमा ल्याप्चे हस्ताक्षर गराउने सिन्सियरले ऋणी उपस्थित नै नभईकन मालपोत यातायातबाटधितो नामसारी गर्छ

त्यसरी नै संस्थाका पदाधिकारीहरु करोडौंको मालिक बनेको उजुरीकर्ताको भनाइ सिन्सियरको कारणले धेरै परिवारविस्थापित भएका छन् त्यस्तै, सिन्सियरविरुद्ध २०८० साउन २८ गते अर्को उजुरी परेको सम्पत्तिको छानबिन गरिपाऊँभन्दै परेको उजुरीको दर्ता नम्बर सी००८०६२ रहेको उनीहरुले कर्जावालसँग घुस खाएर अंकुत सम्पत्ति जोडेको भन्दैछानबिनको लागि अख्तियारको ध्यानाकर्षण गराइएको

विगतमा खासै पुख्र्यौली सम्पत्ति नभएका उनीहरु सहकारीको पदाधिकारी बनेको छोटो समयमै महलजस्तो घरमा बस्ने ठूलागाडी चढ्ने हैसियतमा पुगेको उजुरीकर्ताले बताएका छन्

कर्जावाललाई सडकको बासमा पुर्याएर मोटाएकाहरुलाई कानुनको दायरामा ल्याउन माग गरिएको पछिल्लोपटकसंस्थामा भएको कालोधन छानबिनको माग गर्दै उजुरी परेको देखिन्छ

संस्था कालोधन राख्ने थलो बन्दै उजुरीकर्ताले अख्तियारको ध्यान केन्द्रित गराएका छन् गत कात्तिक २५ गते परेको उजुरीकोदर्ता नम्बर सी०२७४८५ रहेको

उजुरीमा भनिएको ,‘यो संस्थामा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, व्यापारीलगायतले आफ्नो कालोधन लुकाएकाछन् भ्रष्टाचार, राजश्व छली, गुण्डागर्दी स्रोत नखुलेको रकम यो संस्थामा अख्तियार सम्पत्ति शुद्धिकरण विभागले योसंस्थामा अनुसन्धान गर्ने हो भने भ्रष्टाचारी, राजश्व छलीहरु कानुनको दायरामा आउँछन्

उजुरीको विषयमा पनि खप्तडटिभीले समाचार प्रकाशित गरेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय