
सुरक्षा सरोकार । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक प्रकाश पराजुलीलाई २०८३ साल कार्तिक महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषित गरेको छ।
कोशी प्रदेश प्रहरी गण विराटनगर दरबन्दी भई इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीमा कार्यरत प्रहरी निरीक्षक पराजुलीलाई कार्यसम्पादनका आधारमा उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पराजुलीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा धार्मिक तथा सामुदायिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसैगरी, सीमावर्ती क्षेत्रमा हुने अपराध न्यूनीकरण, चोरी–तस्करी नियन्त्रण तथा अवैध सामान बरामद गर्ने कार्यमा समेत सक्रियता देखाएका थिए।





