पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीलाई २०८३ साल कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीअन्तर्गत वडा प्रहरी कार्यालय बैदाममा प्रमुखका रूपमा कार्यरत बोगटीले अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ तथा शान्ति सुरक्षा कायम गर्ने क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

बोगटीको नेतृत्वमा जिल्ला कारागार तथा बालसुधार गृहबाट फरार भएका व्यक्तिहरूलाई पक्राउ गर्न सफलता मिलेको जनाइएको छ। त्यस्तै, पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा सालनालसहित मृत अवस्थामा फेला परेको नवजात शिशुको घटनामा संलग्न आमालाई पहिचान गरी नियन्त्रणमा लिनसमेत उनी सफल भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय