विराटनगर। नेपाली कांग्रेसका नेता अभिषेक गिरीको मोरङस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका–८, मधुमारामा रहेको गिरीको घरमा विशेष सूचनाका आधारमा शनिबार खानतलासी सुरु गरेको हो।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार घरभित्र शङ्कास्पद सामग्री रहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको हो। उनले अनुसन्धानका क्रममा रहेका कारण शङ्कास्पद सामग्रीको प्रकृतिबारे भने तत्काल खुलाउन नमिल्ने बताए।

खानतलासीका क्रममा गिरीको निवासबाहिर पार्किङ गरिएका सेतो र कालो रङका दुई वटा सवारीसाधनसमेत प्रहरीले जाँच गरेको छ। ती दुवै गाडी गिरीले प्रयोग गर्दै आएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हालसम्म खानतलासीबाट के फेला परेको छ भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय