
लमजुङ ।जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा लागूऔषध खरिद–बिक्री गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले पक्राउ गरेका व्यक्तिहरुमा सुन्दरबजार नगरपालिका–९ का २८ वर्षीय किसान गुरुङ, सोही ठाउँका रोशन गुरुङ, र वडा नं. ६ का २० वर्षीय विशाल गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रेशम बोहराका अनुसार उनीहरूको साथबाट ११० क्याप्सुल ट्रामाडोल, ७ ग्राम गाँजाजस्तो देखिने पदार्थ, र रु. २०,११५ नगद बरामद गरिएको छ।
पक्राउ परेकामाथि लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



