सुनसरी । नेपाल प्रहरीले सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–३ बाट ठुलो मात्रामा लागुऔषध गाँजासहित एक भारतीय कार नियन्त्रणमा लिएको छ।

भारतको नम्बर प्लेट (एमएच ०२ बीपी ९७४२) भएको उक्त कार शनिबार बिहान करिब २:१५ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा शंकास्पद अवस्थामा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार कारको डिक्की खोल्दा लुकाएर राखिएको १ सय ६२ किलो गाँजा फेला परेको हो।

प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी जारी छ। कार र बरामद गाँजा आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय