
काठमाडौँ । काठमाडौँको गौशाला क्षेत्रबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जिल्ला निवासी सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार उनीहरू दाजुभाइ हुन् र उनीहरूको साथबाट एकथान पेस्तोल, दुई थान म्यागजिन र एकथान वाकिटकी बरामद गरिएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको पनि एसपी बोहराले जानकारी दिएका छन्। घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।



