
काठमाडौँ । लागुऔषध कारोवारमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा कोटेश्वर प्रभागबाट खटिएको प्रहरी टोलीले मिति कोटेश्वरस्थित होटल त्रिमूर्ति प्रा.लि.बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिराहाका किशन साह , शुभम यादव र आकाश साह रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई होटलको कोठाबाट लागुऔषध खैरो हिरोइन ३.३६० ग्रामसहित पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको प्रहरी निरिक्षक यज्ञराज भट्टले जानकारी दिनु भयो ।



