काठमाडौं, असार १२ गते। सामाजिक सञ्जालमार्फत ठगी र अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा दुई १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका–५ निवासी समिर तामाङ (हाल कागेश्वरी मनोहरा नगरपालिका–६, काठमाडौं) र गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल निवासी क्रिस पोखरेल रहेका छन् ।उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार माइतीघरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार उनीहरूविरुद्ध सामाजिक सञ्जालमार्फत २३ लाख १५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

अनुसन्धानको क्रममा १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ।

हाल जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय