काठमाडौँ ।मोरङको विराटनगर महानगरपालिका–१६ स्थित रानी–जोगबनी क्षेत्रबाट नक्कली प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही महानगरपालिका–१२ बस्ने २५ वर्षीय धन कुमार थारु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडालका अनुसार थारुले आफू प्रहरी भएको भनी परिचय दिँदै विशेष गरी शारीरिक रूपले अपाङ्ग तथा अन्य सर्वसाधारण व्यक्तिलाई डरत्रास देखाएर जोगबनीबाट विराटनगरतर्फ घरायसी सामग्री ल्याउँदा बाटोमै रकम असुल्दै आएका थिए।

थारुलाई शुक्रबार पक्राउ गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहार सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको डीएसपी चुडालले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय