काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टसहित उच्च अधिकारीहरूको टोलीले सशस्त्र प्रहरी बल, नेपाल नं. २० गण हे. क्वा. (विपद् उद्धार), सिनामंगल काठमाडौंस्थित कार्यालयको निरीक्षण भ्रमण गरेका छन्।

भ्रमणका क्रममा कार्यकारी प्रमुख भट्टले विपद् खोज तथा उद्धार क्षमताको अवलोकन गर्दै हालको भौतिक सामग्री, जनशक्ति र प्रविधिको अवस्थाबारे विस्तृत जानकारी लिनुभयो। सो अवसरमा उहाँले नेपालमा हुने विभिन्न प्राकृतिक तथा मानवजनित विपद्हरूको प्रभावकारी व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै, आवश्यक साधनस्रोतको व्यवस्थामा प्राधिकरणको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी बल ९ नं. बाहिनीपति तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले विगतमा गरिएको कार्य, वर्तमान क्षमताहरू र आगामी रणनीतिबारे जानकारी गराउँदै विपद् व्यवस्थापनमा नवीन प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

त्यसैगरी, सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठले विपद् व्यवस्थापनमा प्रयोग भइरहेको जनशक्ति तथा हालसम्मका उद्धार कार्यहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

निरीक्षण भ्रमणमा प्राधिकरणका सहसचिवहरू बन्धु प्रसाद बास्तोला, रोशनी कुमारी श्रेष्ठ, उपसचिव सुशील कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय