
काठमाडौं, असार ४ — वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला काठमाडौंबाट पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–२ की ३१ वर्षीय रमिला अधिकारी रहेकी छन्।

उनविरुद्ध पीडित निरज कुमार थारुले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार विभागको पत्र प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई पक्राउ गरेको हो।
अधिकारीलाई काठमाडौं महानगरपालिका–४ स्थित चण्डोलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



