भैरहवा  प्रतिबन्धित लागु औषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तुबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, बर्रोहिया क्षेत्रमा कारवाही गरेको हो।

सूचना अनुसार फुलिकाबाट बर्रोहियातर्फ गइरहेको लु.९५प.६०८० नम्बरको मोटरसाइकल जाँच गर्दा सो मोटरसाइकलका चालक मायादेवी गाउँपालिका–३, खैराटी निवासी अन्दाजी २८ वर्षीय विनोद कुमार पाण्डे र पछाडि सवार मायादेवी गाउँपालिका–८, नन्दनगर निवासी ३५ वर्षीय श्यामसुन्दर यादवलाई शंका लागि जाँच गरिएको थियो।

शरीर खानतलासीको क्रममा विनोद कुमार पाण्डेले कालो प्लास्टिकमा लुकाई ल्याएको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने सन्दिग्ध पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त पदार्थको तौल १८८ ग्राम ९५ मिलिग्राम रहेको छ।

दुबै व्यक्तिलाई लागु औषधसम्बन्धी कसूरमा पक्राउ गरी अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको  प्रहरीले जनाएको छ । साथै यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर