रौतहट — रौतहट प्रहरीले लुटपाटको योजना बनाइरहेका एक गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ भने अन्यको खोजी कार्य जारी रहेको छ। पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका–३ का २० वर्षीय सिताराम महतो र २० वर्षीय सन्तोष महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई जानकारी दिएअनुसार अन्य संलग्नहरू फरार छन्।

घटना मंगलवार राति करिब २:३० बजे यमुनामाई गाउँपालिका–१ देउरैया नजिकको क्षेत्रमा घटेको हो। प्रहरीले दिएको जानकारी अनुसार, दुर्गाभगवती–३, मसुरियाका २५ वर्षीय कृष्णमणि झा मोटरसाइकलमा जाँदै गर्दा एक समूहले उनलाई रोक्न खोजेको र लुटपाटको प्रयास गरेको थियो।

प्रहरीलाई प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोली तत्काल घटनास्थलमा खटिएका थिए। सो क्रममा दुईजनालाई नियन्त्रणमा लिन सफल भएको र उनीहरूलाई लुटपाटमा संलग्न पुष्टि भएको प्रहरीले जनाएको छ।

अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय