काठमाडौं । ललितपुर महानगरपालिका–२ सानेपास्थित एक डेराबाट ८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ। सानेपामा डेरा गरी बस्दै आएका रौतहट जिल्लाको माधवनारायण गाउँपालिका–२ घर भएका शंकर झाको कोठाबाट मंगलबार दिउँसो चोरी भएको हो।

प्रहरीका अनुसार चोरीमा सुन, चाँदीका गरगहना, मोबाइल फोन र नगद रकमसमेत गरी करिब ८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ। घटनामा संलग्न व्यक्तिहरू हालसम्म फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय