
टीकापुर –कैलालीको टीकापुरमा रहेको सत्ती प्रहरी चौकीका ईञ्चार्ज सई यज्ञराज पन्तले सामान्य सम्बोधनको विषयलाई लिएर एक महिलामाथि कुटपिट गरेका छन्। टीकापुर नगरपालिका–१ की राजकुमारी कुँवर शाहलाई उनले शुक्रबार अपराह्न साढे ४ बजेतिर निर्घात कुटपिट गरेका हुन्।अहिले उक्त भिडियो सामाजिक संन्जालमा भाईरल भईरहेको छ ।
स्रोतका अनुसार, महिलाले प्रहरीसँग सामान्य संवादका क्रममा ‘तँ’ शब्द प्रयोग गरेकी थिइन्। सोही विषयलाई लिएर आक्रोशित भएका सई पन्तले उनको सार्वजनिक रूपमा कुटपिट गरेका हुन्। घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भइसकेको छ, जसले प्रहरी आचरणमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रहरीजस्तो अनुशासित निकायमा कार्यरत एक जिम्मेवार अधिकृतबाट यसरी सार्वजनिक ठाउँमा महिलामाथि कुटपिट हुनु गम्भीर मानव अधिकार उल्लंघनको विषय हो। स्थानीयवासी र मानव अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।



