चकाठमाडौं — कुवेतमा वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले २७ वर्षीय अशोक कुमार साहुलाई पक्राउ गरेको छ।

सप्तरी जिल्ला तिलाठी कोईलाडी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ मा बसोबास गर्दै आएका साहुले आकर्षक तलबको प्रस्ताव राखी एक व्यक्तिसँग ४ लाख रुपैयाँ लिएको तर त्यसपछि सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई काठमाडौं–३२ बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ। प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेविरुद्ध कडा निगरानी र कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय