काठमाण्डौं— सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी डम्बर विश्वकर्माले डडेल्धुरा जिल्लाको निरीक्षण तथा अनुगमन भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणको क्रममा उहाँ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पुग्नुभएको थियो, जहाँ उहाँले कार्यालयको आन्तरिक तथा बाह्य संरचना निरीक्षण गर्नुका साथै विभिन्न शाखाबाट सम्पादित कार्यहरूको विस्तृत जानकारी लिएका थिए।

कार्यक्रमका क्रममा डडेल्धुरा प्रहरी प्रमुख डिएसपी सुगन्ध श्रेष्ठले जिल्लाको वर्तमान शान्ति–सुरक्षाको अवस्था, चुनौती र प्रहरी गतिविधिबारे प्रस्तुति दिनुभएको थियो।

डिआईजी विश्वकर्माले निरीक्षण पश्चात कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै मन, वचन र कर्मले समर्पित भई राष्ट्र र जनताको सर्वोच्च हितमा खटिन निर्देशन दिनुभयो। उहाँले नागरिकको जीउ–धनको सुरक्षा, मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्दै, जनमैत्री प्रहरी सेवा प्रवाह गर्न जोड दिनुभयो।

उहाँले भन्नुभयो, “समाजमा भइरहेका अपराधजन्य गतिविधिलाई न्यूनीकरण गर्दै सभ्य, सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने कार्यमा प्रहरीले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ। प्रहरीको सेवा निष्पक्ष, पारदर्शी र उत्तरदायी हुनुपर्छ।”

साथै डिआईजी डम्बर विकले डडेल्धुरा भ्रमणका क्रममा प्रहरीलाई मन, वचन र कर्मले समर्पित भई जनताको सुरक्षा, मानव अधिकार संरक्षण तथा नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभयो। उहाँले अपराध न्यूनीकरण गरी सभ्य र सुरक्षित समाज निर्माणमा प्रहरीको अग्रणी भूमिका आवश्यक रहेको बताए।

यस अवसरमा उहाँले उद्योग वाणिज्य संघ, राजनैतिक दल, बुद्धिजीवी, समाजसेवी र पत्रकारहरूसँग अन्तरक्रिया गर्नुभएको थियो। साथै, जिल्ला सुरक्षा समितिको तर्फबाट स्वागत कार्यक्रमसमेत सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय