काठमाडौं — फैसला कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल गरेबापत सिंहदरबार प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा प्रसाद पौडेललाई विशेष प्रशंसा पत्र प्रदान गरिएको छ।

२०८१ सालको चैत्र महिनामा फैसला कार्यान्वयन कार्यमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट बन्न सफल पौडेललाई उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिनु भयो ।

पौडेल नेतृत्वमा सिंहदरबार वृत्तले थुप्रै महत्वपूर्ण मुद्दाहरुमा न्यायिक निर्णय कार्यान्वयन गर्दै उदाहरणीय परिणाम हासिल गरेको जिल्ला प्रहरी परिसर कार्यालयले जनाएको छ।

समाजमा शान्ति, सुरक्षा र कानून पालनाको सुनिश्चितताका लागि उहाँले देखाएको प्रतिबद्धता र सक्रियतालाई समेत प्रशंसा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय