
काठमाण्डौं— प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजनलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो।

उहाँले अराजक जत्थाको आगलागीका कारण अकालमै ज्यान गुमाएका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो। साथै, घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भइसकेको जानकारी गराउनुभयो।



