
काठमाडौँ – नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा पुगेको क्षतिबाट पर्न सक्ने बीमा दाबीलाई छिटो फर्छ्यौट गर्न निर्देशन दिएको छ।

आइतबार प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीलाई उक्त क्षतिको बीमा दाबी सहज र शीघ्र रूपमा निरूपण गर्न निर्देशन दिएको जनाएको छ।
यसैक्रममा, हुलदङ्गाबाट भएको क्षतिको विवरण ‘एक्सेल स्प्रेडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’ को लिङ्कमार्फत प्रत्येक हप्ताको बुधबार नियमित रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।



