
काठमाण्डौं – कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजन अधिकारीले अपराधको भौगोलिक सिमा नहुने बताएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको अनुगमन तथा निरीक्षणका क्रममा उनले अपराध नियन्त्रणका लागि समयसापेक्ष अनुकूलन आवश्यक रहेको उल्लेख गरे।
डीआईजी अधिकारीले वस्तुनिष्ठ, निष्पक्ष, र प्रमाणमुखी अनुसन्धानमार्फत अपराध नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न निर्देशन दिए। साथै, कोशी प्रदेशका १४ जिल्ला प्रहरी कार्यालयहरूमध्ये ओखलढुंगा उत्कृष्ट रहेको भन्दै उनले जिल्ला प्रहरी कार्यालयलाई धन्यवादसमेत दिएका छन्।




