नेपाल प्रहरी संगठनले एक्लै पनि देशमा ६०% सुशासन दिन सक्ने सम्भावना राख्ने भएकाले यसको नेतृत्व चयन गर्दा निम्न गुणहरू भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्छः—

१.कार्यसम्पादनमा अब्बल प्रहरी संगठनको प्रभावकारिता उच्च बनाउन सक्षम।

समन्वयशील सरकारका विभिन्न निकाय तथा नागरिक समाजसँग प्रभावकारी समन्वय गर्न सक्ने।

३. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बलियो देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रहरी संगठनको गरिमा बढाउन सक्ने।

४. सरकारी निकायहरूसँग सहकार्य गर्ने क्षमता नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अन्य निकायहरूसँग सुदृढ समन्वय गर्न सक्ने।

५.कमान्ड तथा कन्ट्रोल क्षमता संगठनलाई दृढ नेतृत्व दिँदै, आदेश तथा नियन्त्रण प्रभावकारी रूपमा लागू गर्ने।

६. सरकारी नीति-नियम कार्यान्वयनमा दक्ष कानुनी शासन र सरकारको निर्देशनलाई प्रभावकारी रूपमा लागु गर्न सक्ने।

७. विषम परिस्थितिमा संयमित निर्णय संकटको घडीमा हडबड नगरी सही निर्णय लिँदै फौज परिचालन गर्न सक्ने।

८. संगठनको अभिभावकत्व ग्रहण गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूको हकहित संरक्षण गर्न सक्षम।

९.  निर्भीकता पूर्वक संगठनका समस्या सरकारसमक्ष राख्ने वास्तविक समस्या उठाउने, “हुन्छ बहादुर!” भन्ने संस्कृतिभन्दा पर रहेर संगठनको हितका लागि अडान लिने।

१०. सही समयमा सही निर्णय गर्ने आम जनताले अपेक्षा गरिरहेको सक्षम नेतृत्व प्रदान गर्न सक्ने अधिकारी।

नेपाल सरकारलाई सुझाब छ कि प्रहरी संगठनको नेतृत्वमा योग्य, इमानदार र दूरदर्शी अधिकारीलाई चयन गरियोस्, जसले देशमा सुशासन, कानुनी व्यवस्था र जनविश्वासलाई बलियो बनाउने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय