काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक डाकेका छन्। बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजी) नियुक्त गर्नेछ।

आईजीका लागि योग्य तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा, सुदीप गिरी, र टेकबहादुर तामाङ मध्य एक जनालाई चयन गरिनेछ। गिरी र तामाङभन्दा थापा डीआईजी र एआईजीमा अगाडि बढुवा भएका थिए। कार्यसम्पादनका आधारमा पनि थापा अग्रणी रहेको बताइन्छ। हाल उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख छन्।

यसैबीच, नेपाल प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले सोमबार प्रहरी प्रधान कार्यालयबाट विदा लिने भएका छन्। उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गरेपछि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय