काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोल तातिएको छ। केही क्याम्पसमा निर्वाचन रोकिएको छ भने कतिपयमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

आगामी चैत ५ गते ६२ आङ्गिक र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन हुँदैछ। २८ वर्षे उमेर हद तोकिएको यो निर्वाचन मिश्रित प्रणालीमा हुनेछ।

नेकपा (एमाले) निकट अनेरास्ववियुका अनुसार ४० क्याम्पसमा उनीहरूले निर्विरोध रूपमा स्ववियु सभापति जितेका छन्। अन्य क्याम्पसमा भने विभिन्न विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा छ। केही क्याम्पसमा उम्मेदवारी प्रक्रिया र चुनावी व्यवस्थापनलाई लिएर विवाद हुँदा निर्वाचन स्थगित भएको छ। निर्वाचनको पूर्वसन्ध्यामा विद्यार्थी राजनीतिले थप गति लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय