काठमाडौँ— पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीभित्र कुनै गुटबन्दी नभएको स्पष्ट गरेका छन्।

शनिबार रुपन्देहीको देवदह नगरपालिका–७ स्थित पार्टी कार्यालय उद्घाटन गर्दै उनले रास्वपाको संरचना केन्द्रदेखि वडासम्म एउटै रहेको बताए। “हाम्रो पार्टीमा कुनै गुट, उपगुट छैन। रास्वपा केवल रवि लामिछाने गुट हो। उहाँले जुन अभियान लिएर अघि बढ्नुभयो, त्यसमा हामी सबै एकबद्ध छौँ,” उनले भने।

अर्यालले ठूला दलहरूले प्रतिसोध राखेर रवि लामिछानेलाई फसाउन खोजेको आरोप लगाउँदै आफू अस्थायी रूपमा कार्यवाहक सभापतिको भूमिकामा रहेको स्पष्ट गरे।

उनले सहकारी मुद्दामा रवि लामिछानेलाई अनावश्यक घुमाइरहेको आरोप लगाउँदै त्यसले केही फरक नपर्ने दाबी गरे। साथै, युवाहरूलाई विदेश जान बाध्य पार्ने, विकास निर्माणलाई सुस्त बनाउने, जनताको समस्या समाधानतर्फ ध्यान नदिने जस्ता कामले सरकारप्रति जनतामा चरम निराशा पैदा भएको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय