
काठमाडौं — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गरी रिपोर्टर्स क्लब नेपालले विभिन्न विद्यार्थी संगठनका नेताहरूसँग अन्तरक्रिया गरेको छ।
कार्यक्रममा बानेश्वर बहुमुखी क्याम्पसबाट अखिल (क्रान्तिकारी) का स्ववियु सभापति उम्मेदवार भूमिराज अधिकारीले विद्यार्थीहरूको विविध समस्या समाधानका एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएको बताए।

उनले विगतदेखि नै आफ्नो संगठनले क्याम्पसका विद्यार्थीहरूको समस्या समाधानका लागि आवाज उठाउँदै आएको उल्लेख गरे। बानेश्वर बहुमुखी क्याम्पसमा विद्यमान विभिन्न विकृतिहरूलाई उजागर गर्दै समाधानका पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले डिजिटल कक्षा, सर्वसुलभ तथा गुणस्तरीय शिक्षा, खानेपानीको समस्या समाधानलगायतका विषयलाई मुख्य एजेन्डा बनाएको बताए।



